बागमतीका मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

नेपालभ्युज

बागमतीका मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख (मेयर) भरतकुमार थापा जोडिएको मुद्दा हेर्दाहेर्दैमा पुगेको छ । बिहीबारसँगै यो मुद्दा तेस्रोपटक हेर्दाहेर्दैमा पुगेको हो ।

मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा बिहीबार विशेष अदालतमा बहस भएको थियो । बहस नसकिएपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायणसिंह राई र विदुर कोइरालाको इजलासमा मुद्दाको बहस भएको थियो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको दाबीसहित मेयर थापासहित चारजनाविरुद्ध २८ चैत २०८० मा मुद्दा दर्ता गरेको थियो ।

यस्तै ०७४ असोजदेखि ७९ माघसम्म सार्वजनिक पदधारण गर्दाको अवधिमा थापाले अवैध रुपमा पाँच करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved