एजेन्सी । चीनले नेपाली भूमिमा हस्तक्षेप गरेको बीबीसी विश्व सेवामा प्राकाशित एक समाचारमा जनाइएको छ।
समाचारमा नेपालले तयार पारेको गोप्य प्रतिवेदन आफ्नो हात लागेको भन्दै पहिलो पटक नेपालले चीनले आफ्नो भूभागमा हस्तक्षेप गरेको आरोप लगाएको बताएको हो।
उक्त प्रतिवेद नगत सेप्टेम्बर महीनामा तयार पारिएको थियो। चीनले हुम्लास्थित नेपाली भूमि मिचेको आरोप लागेपछि अध्ययन गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन बीबीसीलाई प्राप्त भएको समाचारमा उल्लेख गरिएको छ।
यद्यपि, नेपालस्थित चिनियाँ दूतावासले भने सीमा मिचिएको विषयमा अस्वीकार गर्दै आएको छ। बीबीसीलाई प्राप्त प्रतिवेदनको विषयमा बुझ्न खोज्दा नेपाल सरकारले कुनै प्रतिक्रिया नदिएको समाचारमा उल्लेख गरिएको छ।
प्रतिवेदन हालसम्म किन सार्वजनिक गरिएन त्यो भने अस्पष्ट छ। पछिल्ला वर्षहरूमा नेपालले आफ्नो उत्तरी छिमेकी चीनसँगको सम्बन्धलाई सुधार गरेको छ। दक्षिणी छिमेकी देश भारतलाई सन्तुलनामा राख्न नेपालले चीनसँग आफ्नो सम्बन्धलाई सुधार गरेको पनि समाचारको दाबी छ।
प्रतिवेदनमा उल्लेख गरिएको तथ्यहरूले बेजिइङमाथि दबाब बढाउने छ। नेपाल चीन सीमा करीब १४ सय किमी लामो छ जुन हिमालय क्षेत्र हुँदै विस्तार भएको छ। सन् १९६० को दशकमा दुई देशबीच भएको सीमा सन्धिका आधारमा दुई देशबीचको सीमा निधारण गरिएको हो, समाचारमा भनिएको छ।
दुई देशबीचको सीमाको भाग धेरै जस्तो सहजै पुग्न नसक्ने स्थानमा छन्। सीमालाई निर्धारण पिरलरले गरिएको छ। एउटा पिलरबाट अर्को पिलरसम्मको दूरी टाढा छ। यसले गर्दा पनि खास सीमा कुन स्थानमा हो भन्ने पत्ता लगाउन समस्या आउने गरेको समाचारमा उल्लेख छ।
चीनले हुम्लामा नेपाली सीमा मिचेको हुनसक्ने अनुमानपछि नेपाल सरकारले एक कार्यदल उक्त स्थानमा पठाएको थियो। केही व्यक्तिहरूले चीनले नेपाली भूभागमा श्रृखलावद्ध रुपमा भवन निर्माण गरेको दाबी समेत गरेका छन्।
उक्त कार्यदलमा नेपाल प्रहरी र सरकारी अधिकारीको टोली समावेश गरिएको थियो। चिनियाँ सुरक्षा फौजको निगरानीका कारण नेपालीले लाङजोङ भन्ने स्थानमा गर्दै आएको धार्मिक कार्यमा सहभागी हुन नपाएका समाचारमा उल्लेख छ।
परम्परादेखि नै उक्त स्थान कैलाश मानसरोवरसँग नजिक भएका कारण धार्मिक मान्यता प्राप्त गरेको स्थान हो, जुन चीनको सीमा नजिक पर्छ। उक्त स्थान हिन्दू र बौद्ध दुवै धर्मावलम्बीका लागि महत्वपूर्ण धार्मिकस्थल हो।
यस्तै प्रतिवेदनमा चीनले नेपाली कृषकलाई गाईवस्तु चरनका लागि पनि सीमितता ल्याएको पनि निकर्ष निकालेको छ।
त्यही स्थानमा चीनले सीमा पिलर वरिपारि बार लगाउने कार्य गरेको समेत प्रतिवेदनले आरोप लगाएको समाचारमा दाबी गरिएको छ। यस्तै नेपाली भूमि मिचेर कुलो र बाटो निर्माणको कार्य चीनले गर्न लागेको आरोपसमेत लगाइएको आफूलाई प्राप्त प्रतिवेदनमा रहेको बीबीसीले उल्लेख गरेको छ।
Facebook Comment
Comment