काठमाडौं । ढल्केबरस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा आगलागी भएपछि धनुषा, महोत्तरी र सर्लाही जिल्लामा बुधबार बिहानैदेखि विद्युत सेवा अवरुद्ध भएको छ।
धनुषा जिल्लामा विद्युत सेवा पूर्णरूपमा ठप्प भएको छ भने महोत्तरी र सर्लाहीका विभिन्न क्षेत्रमा आंशिक अवरुद्ध भएको छ। २४ घण्टाभन्दा बढी समयदेखि विद्युत सेवा ठप्प हुँदा यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। गर्मीको समयमा विद्युत नहुँदा पङ्खा, कुलर चलाउन, पानी तान्न र अन्य विद्युतीय उपकरण प्रयोग गर्न समस्या भएको छ।
बुधबार बिहान ढल्केबर ग्रिडमार्गबाट सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी हुँदा सबस्टेसनका विभिन्न भागहरू जलेर नष्ट भएका छन्। विद्युत सेवा पुनः सञ्चालन गर्न मर्मत कार्य जारी रहेको छ।
सबस्टेसन शाखा प्रमुख विनोद लोहनीका अनुसार, आज बिहान १० बजेसम्म विद्युत सेवा पुनः सुचारु हुन सक्ने सम्भावना छ।
Facebook Comment
Comment