काठमाडौं । शिक्षक र सडकमा जाने चेतावनी दिइरहेका निजामती कर्मचारीलाई सरकार ठप्प पार्ने काम नगर्न सचेत गराएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारका कामकारबाहीमा प्रभाव पार्नेगरीका आन्दोलन उचित नभएको बताएका हुन् । ‘अहिले शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ । निजामति कर्मचारीले पनि आन्दोनमा जाने चेतावनी दिएको छ । सरकार ठप्प पारेर आन्दोलन गर्ने कुराले शासन प्रशासन कसरी चल्छ,’ उनले भने, ‘सरकार ठप्प पारेर राजतन्त्र ल्याउन खोजेको हो ?’
सबैको समस्या समाधान सरकारले गर्ने आश्वासन दिँदै उनले आन्दोलनका कार्यक्रम नगर्न शिक्षक र निजामती कर्मचारीलाई आग्रह गरे । शिक्षकहरू विद्यालय भर्ना अभियानमा फर्किनुपर्ने बताए । आफ्नो पेशागत मर्यादालाई ख्याल गर्दै कामकारबाही गर्न उनले शिक्षक र कर्मचारीलाई आग्रह गरेका छन् । विद्यालय शिक्षा विधेयक फास्टट्र्याकमा पारित गर्ने आश्वासन उनले दिएका छन् । मुलुकको अप्ठ्यारो परिस्थिति र सरकारको अनुरोधलाई ख्याल गर्दै अघि बढ्न उनले शिक्षकहरूलाई आग्रह गरे ।
Facebook Comment
Comment