दिल्लीका कप्तान अक्षर पटेललाई १२ लाख जरिवाना

नेपालभ्युज

दिल्लीका कप्तान अक्षर पटेललाई १२ लाख जरिवाना

काठमाडौं । मुम्बई इन्डियन्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण दिल्ली क्यापिटल्सका कप्तान अक्षर पटेललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

आइतबार दिल्लीमा भएको खेलमा मुम्बईले दिल्लीलाई १२ रनले पराजित गरेको थियो ।

मुम्बईले दिएको २०५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा १९३ रन मात्र बनाउन सक्यो ।

गत महिना मुम्बईका कप्तान हार्दिक पाण्डेयलाई पनि १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

आईपीएल २०२५ मा दिल्लीले आफ्ना पाँच खेलमध्ये चार खेल जितेको छ र अङ्क तालिकामा दोस्रो स्थानमा छ । मुम्बई छमध्ये दुई खेल जितेर  सातौं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved