यू–१९ विश्वकप छनोट

लगातार दोस्रो जितको खोजीमा रहेको नेपाल ओमानविरुद्ध उत्रँदै

नेपालभ्युज

लगातार दोस्रो जितको खोजीमा रहेको नेपाल ओमानविरुद्ध उत्रँदै

काठमाडौं । जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज (सोमबार) ओमानसँग खेल्दैछ ।

खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

घरेलु टोली नेपालले आइतबार यूएईलाई ५ रनले हराएर प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । यसर्थ नेपाल आज लगातार दोस्रो जितको खोजीमा ओमानविरुद्ध मैदानमा उत्रँदै छ ।

यस्तै अर्को खेलमा अफगानिस्तानले हङकङको सामना गर्दैछ ।

यसअघि यूएईमा भएको छनोटमा नेपालले घरेलु टोलीमाथि रोमाञ्चक जित दर्ता गर्दै विश्वकपमा स्थान बनाएको थियो । उक्त खेलमा दिपेश कँडेलले निर्णायक ह्याट्रिक लिएका थिए ।

यसपटकको छनोटमा अफगानिस्तानको उपस्थिति नेपालका लागि थप चुनौती बनेको छ । छनोटको तयारीका क्रममा नेपालले अफगानिस्तानसँग ३ खेलको शृङ्खला खेलेको थियो, जसमा नेपालले १ खेल जित्दा २ खेल गुमाएको थियो।

नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोट प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीले यू–१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ । यसर्थ नेपालसामु हरेक खेल जित्नुपर्ने चुनौती छ ।

यू–१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved