काठमाडौं । सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीहरूको साझा समस्या र सेवा सुरक्षासम्बन्धी विषयमा सरकारले समयमै ध्यान नदिएको भन्दै निजामती कर्मचारी सङ्गठनहरूले संयुक्त रूपमा सरकारलाई चेतावनी दिएका छन् ।
निजामती प्रशासनको समुचित व्यवस्थापन, सेवा सुरक्षाको ग्यारेन्टी र ऐन–कानूनको अभावमा उत्पन्न अन्योल हटाउन माग गर्दै कर्मचारी सङ्गठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।
सरकारी सेवामा पारदर्शिता, जवाफदेहिता, प्रभावकारीता र जनमैत्री सेवा प्रवाह सुनिश्चित गर्न सङ्घीय निजामती सेवा ऐन तत्काल ल्याउनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सुरक्षाबोध सुनिश्चित गर्नुपर्ने, र समायोजन प्रक्रियाबाट उत्पन्न समस्या समाधान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
सङ्गठित आवाजमा उनीहरूले चेतावनी दिँदै भनेका छन्, “यदि सरकार गम्भीर भएन भने कर्मचारीहरू आन्दोलनमा जान बाध्य हुनेछन् ।”

Facebook Comment
Comment