टी–२० शृङ्खला : हङकङसँग अङ्क बाँड्दै नेपाल फाइनलमा

नेपालभ्युज

टी–२० शृङ्खला : हङकङसँग अङ्क बाँड्दै नेपाल फाइनलमा

काठमाडौं । चार देशीय टी–२० शृङ्खला अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबिचको खेल वर्षाका कारणा हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका छन् । ययसँगै नेपालले ३ खेलबाट ५ अंक बटुल्दै शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा कतारलाई हराएको कुवेत पनि ३ खेलबाट ४ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गरेको खेल रोकिँदा हङकङले ९ ओभरमा ३ विकेटको क्षतिमा ६८ रन बनाएको थियो । हङकङका लागि ओपनर जिसान अलीले २२ बलमा ३० रन जोडे । त्यस्तै, अंशी राथले १७ रन तथा निजाकत खानले १३ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । नन्दन यादवले १ विकेट लिए ।

नेपाल हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । हङकङले भने एक खेलमा जीत र एक खेलमा हार बेहोर्दै २ अंक पाएको छ ।

हङकङ तेस्रो स्थान र हालसम्म एक खेलपनि नजितेको कतार चौथो स्थानमा रहेको छ । अब दुई टोली तेस्रो स्थानका लागि भिड्नेछन् ।  फाइनल र तेस्रो स्थानका लागि हुने दुवै खेल आइतबार हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved