विमान अवतरण गरेलगत्तै पाइलटको मृत्यु

नेपालभ्युज

विमान अवतरण गरेलगत्तै पाइलटको मृत्यु
फाइल फोटो

काठमाडौं । भारतको दिल्ली विमानस्थलमा विमान अवतरण गरेपछि एअर इन्डिया एक्सप्रेसका पाइलटको अचानक मृत्यु भएको छ ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटले अन्य औपचारिकता पूरा गरिरहेको बेला यो घटना भएको हो ।

स्रोतकाअनुसार श्रीनगर-दिल्ली उडान अवतरण गरेलगत्तै पाइलट अरमानलाई असहज भएको थियो । केही समयपछि उनी बेहोस भए । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर डाक्टरहरूले उनलाई मृत घोषित गरे ।

मृत्युको कारण खुल्न सकेको छैन । शवको पोस्टमार्टम भएपछि मात्र कारण खुल्ने प्रहरीले जनाएको छ । अरमानका सहकर्मीहरूले भने, “उनले अवतरणपछि ककपिट भित्र बान्ता गरे ।”

अरमानले हालै विवाह गरेका थिए ।

अनावश्यक रूपमा अनुमान नगर्न एअरलाइन्सको अपिल गर्दै एअर इन्डिया एक्सप्रेसले घटनाप्रति दुःख व्यक्त गरेको छ । “यो कठिन समयमा हामी शोकसन्तप्त परिवारलाई सबै सम्भव सहयोग प्रदान गरिरहेका छौं,” कम्पनीले भन्यो, “कृपया यस समयमा हाम्रो गोपनीयताको सम्मान गर्नुहोस् र कुनै पनि अनावश्यक अनुमान नगर्नुहोस् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved