अमेरिकासँग व्यापार युद्धको खतरापछि तीन देश भ्रमण गर्दै सी

नेपालभ्युज

अमेरिकासँग व्यापार युद्धको खतरापछि तीन देश भ्रमण गर्दै सी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङले अर्को हप्ता दक्षिणपूर्वी एसियाको भ्रमण गर्ने भएका छन् ।

चीन अमेरिकी करसँग जुधिरहेको बेला यो भ्रमण हुन लागेको हो ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सीले अप्रिल १४ देखि १८ सम्म भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमण गर्नेछन् ।

सीको यो भ्रमण १४ अप्रिलमा भियतनामबाट सुरु हुनेछ । त्यसपछि उनी मलेसिया र कम्बोडियाको भ्रमण गर्नेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनाममा ४६ प्रतिशत, मलेसियामा २४ प्रतिशत र कम्बोडियामा ४९ प्रतिशत कर लगाएका छन् ।

हाल यसमा ९० दिनको प्रतिबन्ध लगाइएको छ । यस अवधिमा १० प्रतिशत को आधारभूत महसुल लागू रहनेछ ।

अमेरिकाले चीनमाथि १४५ प्रतिशत कर लगाएको छ । यसैबीच चीनले अमेरिकामाथि ८४ प्रतिशत कर लगाएको छ । चीनले अमेरिकाको ‘जबरजस्ती’ मा झुक्नुको सट्टा ‘अन्तसम्म लड्न’ रुचाउने बताएको छ ।

अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व अर्थतन्त्रमा पर्ने असर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved