काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
आफू मातहतको विभागले गरेको कार्यक्रममा पदीय आचरण विपरीतको कार्य गरेकाले सचिव आचार्यलाई स्पष्टीकरण सोधिएको राज्यमन्त्री तामाङले बताएका छन् ।
‘तपाईंले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिस्कार गर्नु भएको हो ?’ राज्यमन्त्री तामाङले स्पष्टीकरण पत्रमा सोधेका छन् ।

‘कान्छाराम’ उपनामले चिनिने ऊर्जा राज्यमन्त्री तामाङ कार्यसम्पादनमा ढिलाइ गर्ने ठेकेदारको रुपमा बदनाम छन् ।
यस्ताेमा जलस्रोत तथा सिँचाइ विभाग जावलाखेलले यही चैत २५ गते सिँचाइ दिवस एम्ं ७२औं वार्षिकउत्सव कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रुपमा सहभागी थिए ।
कार्यक्रम सञ्चालकले आसनग्रहणको क्रममा बोलाउँदा सचिव आचार्य मञ्चमा सहभागी नभई बाहिरिएका थिए ।
साथै विभागका महानिर्देशक सञ्जीव बरालले पनि आसनग्रहणका लागि आग्रह गर्दा पनि सचिव आचार्यले मानेनन् ।
त्यसपछि राज्यमन्त्री तामाङले सचिवले आफ्नो अपहेलना गरेको र पदीय आचरण विपरीतको काम गरेको ठहरसहित स्पष्टीकरण सोधेको पाइएको छ ।
Facebook Comment
Comment