Rajat Patidar of Royal Challengers Bengaluru and Axar Patel of Delhi Capitals at the coin toss during match 24 of the Indian Premier League season 18 (IPL 2025) between Royal Challengers Bangalore and Delhi Capitals held at the M.Chinnaswamy Stadium, Bengaluru on the 10th April 2025.
Photo by Pratiksha MK / Sportzpics for IPL
काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा रोयल च्यालेन्जर्स बैङ्गलोरले दिल्ली क्यापिटल्सलाई १६४ रनको लक्ष्य दिएको छ।
एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम बैङ्गलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनायो। बैङ्गलोरका फिल साल्टले ३७, कप्तान रजत पाटिदारले २५, विराट कोहलीले २२ र क्रुनाल पाण्डेयले १८ रन बनाए। टिम डेविडले २० बलमा चार छक्का र दुई चौकासहित अविजित ३७ रन जोडेर टिमलाई केही बलियो स्कोर सम्म पुर्याए।
दिल्लीका लागि विपराज निगम र कुलदीप यादवले दुई/दुई विकेट लिए भने मुकेश कुमार र मोहित शर्माले एक/एक विकेट हात पारे।
जारी सिजनमा दिल्ली उच्च लयमा छ र तीन खेलमा अपराजित रहेको छ। दिल्ली ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। बैङ्गलोरले चार खेल खेल्दा तीन जित र एक हारसहित तालिकाको तेस्रो स्थानमा छ।
Facebook Comment
Comment