बार एशोसिएसन निर्वाचन

विजय विजयी हुँदा…(तस्वीरहरू)

नेपालभ्युज

विजय विजयी हुँदा…(तस्वीरहरू)

काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् ।

काङ्ग्रेस-एमाले गठबन्धनका उम्मेदवार मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाए ।

महासचिवमा पनि काङ्ग्रेस-एमाले गठबन्धनका उम्मेदवार केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए ।

हेरौँ, तस्वीर –

         

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved