टी–२० श्रृङ्खला

नेपालको लगातार दोस्रो जित, कुवेतलाई ६ विकेटले हरायो

नेपालभ्युज

नेपालको लगातार दोस्रो जित, कुवेतलाई ६ विकेटले हरायो

काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

बिहीबार बिहान सकिएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो ।

कुवेतले दिएको १८६ रनको विशाल लक्ष्य नेपालले सात बल बाँकी छँदै मात्र चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे ।

भुर्तेलले २६ बलमा चार छक्का र पाँच चौकासहित ५१ रन बनाएर अर्धशतक पूरा गरे । पछि उनी ५० बलमा ८१ रन बनाएर आउट भए ।

यस्तै आसिफले ३८ बलमा ५३ रन बनाएर आउट भए । यसैगरी दीपेन्द्रसिंह ऐरीले ३९, गुल्सन झाले अविजित नौ रन बनाए । कप्तान रोहितकुमार पौडेल चार रनमा अविजित हुँदा कुशल मल्लले पनि समान रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा आठ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले तीन र नन्दन यादवले दुई विकेट लिए । यस्तै ललितनारायण राजवंशी र भुर्तेलले एक–एक विकेट हात पारे ।

सर्वाधिक ८१ रन र एक विकेट लिएका भुर्तेल खेलको उत्कृष्ट खेलाडी घोषित भए ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ ।

यस्तै, आज (बिहीबार) नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

कतारमाथि नेपालको सहज जित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved