शिक्षक आन्दोलन : पराजुलीको नेतृत्वमा वार्ता टोली गठन

नेपालभ्युज

शिक्षक आन्दोलन : पराजुलीको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली गठन गरेको छ।

महासङ्घले बुधबार सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। ‘शिक्षा सचिवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर पत्र पठाएपछि हामीले वार्तामा जाने निर्णय गरेका छौं,’ पराजुलीले बताइन्।

उनका अनुसार वार्ता बिहीबारका लागि तय भए पनि समय भने शिक्षा सचिवसँग छलफल गरेर तय गरिनेछ ।

सरकारले वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै यसअघि तीन पटक महासङ्घलाई वार्तामा बोलाएको थियो। तर महासङ्घले  ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म वार्तामा नजाने अडान लिएको थियो।

महासङ्घले संसद्को बर्खे अधिवेशन तत्काल सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेशमार्फत ऐन जारी गर्ने सुनिश्चित भए मात्र वार्तामा बस्ने जवाफ सरकारलाई पठाएको थियो।

शिक्षा सचिवले पुनः वार्ताका लागि पत्र पठाएपछि महासङ्घले  वार्ता टोली गठन गरेको हो।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved