पत्रकार सुरेश रजकको १३ औं पुण्यतिथिमा दीप प्रज्वलन (तस्वीरहरु)

पत्रकार सुरेश रजकको १३ औं पुण्यतिथिमा दीप प्रज्वलन (तस्वीरहरु)

काठमाडौं । पत्रकार सुरेश रजकको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासङ्घले  दीप प्रज्वलन गरेको छ ।  बुधबार काठमाडौंको माइतीघरमा एक कार्यक्रम आयाेजना गर्दै रजकको सम्झनामा दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा पत्रकार रजकको हत्या भएको दाबी गर्दै हत्यारा पत्ता लगाएर कारबाही गरिनुपर्ने माग राखिएको छ । उनको यही चैत्र १५ गते राजावादीको आन्दोलनमा प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर निधन भएको थियो ।

आजै महासङ्घका पदाधिकारीहरुले स्व.रजकको परिवारलाई भेटेर श्रद्धाञ्जली दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved