माइतीघरमा स्वास्थ्यकर्मीहरूको धर्ना (तस्वीरहरू)

नेपालभ्युज

माइतीघरमा स्वास्थ्यकर्मीहरूको धर्ना (तस्वीरहरू)

काठमाडौं । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यान्वयन सङ्घर्ष समितिले विभिन्न मागसहित काठमाडौंको माइतीघरमा धर्ना दिएको छ ।

मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधा दिने भनिएता पनि प्राइभेट मेडिकल कलेजहरूले नमानेको भन्दै बुधवार स्वास्थ्यकर्मीहरूले काठमाडौंको माइतीघरमा धर्ना दिएका हुन् ।

धर्नामा सहभागी डा.राजु चौधरीले न्यूनतम तलब ४८ हजार दिइने भनेर मन्त्रिपरिषद्बाट नै पास भइसकेको अवस्थामा पनि प्राइभेट मेडिकल कलेजहरूले नमानेको कारण सडकमा आउनुपरेको बताए । माग पूरा नभएसम्म सडकमा आउने उनले जानकारी दिए ।

‘मन्त्रिपरिषद्बाट नै पास भइसकेको अर्थात् न्यूनतम तलब ४८ हजार दिइसक्नुपर्ने थियो । त्यो अझै पनि कार्यान्वयनमा आइसकेको छैन । त्यसको विरोधमा यहाँ आएको छौँ । जुन पत्राचार भइसकेको छ । प्राइभेट मेडिकल कलेजहरूले यो नमानेको अवस्था छ,’ उनले भने, ‘हामी हाम्रो माग पूरा नभएसम्म सडकमा आइराख्छौँ र हाम्रो माग पूरा गराएर नै छाड्छौँ । उहाँहरूको नियत र नीतिप्रति हाम्रो असमर्थन छ । यो महँगीको जमानामा १९ हजार आठ सय तलबबाट गुजारा गर्न कठिन छ यो त बुझ्नु पर्‍यो ।’

प्रदर्शनकारीहरूले ‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेका छन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved