देश बंगलादेश र श्रीलंकाको अवस्थामा पुग्ने सिंहको चेतावनी

नेपालभ्युज

देश बंगलादेश र श्रीलंकाको अवस्थामा पुग्ने सिंहको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा तथा संघीय सांसद दीपकबहादुर सिंहले सरकार नसुध्रिए देश बंगलादेश र श्रीलंकाको हालतमा पुग्ने चेतावनी दिएका छन् ।

राजतन्त्रको पक्षमा राप्रपाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै सांसद समेत रहेका सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाए ।

‘देश समाप्त हुने तरखरमा पुगेको छ । भ्रष्टाचारले चुर्लुम्म डुबेको छ । ‘एक महिनाअघि राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा गर्न सकेका छैनन्, यो नालायक सरकार हो भन्ने यसैबाट प्रमाणित भएको छ, ‘उनले भने, ‘सरकार सुध्रेन भने अब बंगलादेश र श्रीलंकाको अवस्था नेपाली जनताले ल्याउनेछन् ।’

उनले धर्म, संस्कृति र संस्कार जोगाउनका लागि राजसंस्था अपरिहार्य रहेको दाबी गरे ।

उनले तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेता तथा कार्यकर्ताहरूलाई निशर्त छोड्नपर्ने र उक्त घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved