काङ्ग्रेसले भन्यो – आन्दोलनरत शिक्षकसँग प्रधानमन्त्रीले वार्ता गर्नुपर्छ

नेपालभ्युज

काङ्ग्रेसले भन्यो – आन्दोलनरत शिक्षकसँग प्रधानमन्त्रीले वार्ता गर्नुपर्छ

काठमाडौं । नेपाली काङ्ग्रेसले आन्दोलनरत शिक्षकहरूसँग सरकारले वार्ता गर्नुपर्ने बताएको छ ।

काङ्ग्रेसका केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिह महरले विज्ञप्ति जारी गर्दै विगतमा भएको सहमतिलाई आधार मानेर प्रधानमन्त्रीले नै आन्दोलनरत शिक्षकसँग वार्ता र संवाद गर्नुपर्ने बताएका छन् ।

“उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि शिक्षक महासङ्घसँग यसअघि भएको सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ता संवादको पहल थाल्न माग गर्छु ।” विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनको क्रममा नेपाल शिक्षक सङ्घले घोषणा गरेको शैक्षिक आम हड्तालका कारणले विद्यालयहरूमा पठनपाठन समेत प्रभावित भएको उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved