साउदीले लगायो १४ देशमाथि भिसा प्रतिबन्ध (सूचीसहित)

नेपालभ्युज

साउदीले लगायो १४ देशमाथि भिसा प्रतिबन्ध (सूचीसहित)

काठमाडौं । साउदी अरेबियाले भारत, बङ्गलादेश, पाकिस्तानसहित १४ देशका नागरिकमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ ।

हज यात्रा अघि र यात्राको क्रममा भीडभाड कम गर्न उमराह, व्यापार र पारिवारिक भ्रमण भिसामा प्रतिबन्ध लगाइएको हो ।

रिपोर्टअनुसार यो प्रतिबन्ध जुनको मध्यसम्म लागू रहनेछ, जुन हज यात्राको सिजनको अन्त्यसँगै हुनेछ ।

भिसा निलम्बनबाट प्रभावित १४ राष्ट्रमा अल्जेरिया, बङ्गलादेश, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इराक, जोर्डन, मोरक्को, नाइजेरिया, पाकिस्तान, सुडान, ट्युनिसिया र यमन छन् ।

साउदी अधिकारीहरूले उमराह भिसा प्रदान गर्ने अन्तिम मिति अप्रिल १३, २०२५ तोकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved