अर्थसँगै तीन समितिको बैठक बस्दै

नेपालभ्युज

अर्थसँगै तीन समितिको बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत आज (सोमबार) तीन संसदीय समितिको बैठक बस्ने भएको छ ।

अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दैछ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आव २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको ३ बजे बस्नेछ ।

यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक विहान १० बजे बस्ने छ । बैठकमा मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने मानिसहरूको मानवअधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved