काठमाडौं आएर ‘धराने मेयर’ले भने : सिंहदरबार छिर्न पनि ‘सेटिङ’ गर्नुपर्ने अवस्था छ

नेपालभ्युज

काठमाडौं आएर ‘धराने मेयर’ले भने : सिंहदरबार छिर्न पनि ‘सेटिङ’ गर्नुपर्ने अवस्था छ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् ।

आइतबार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्नेमा त्यसको अनुभव नभएको बताएका हुन् ।

‘लोकतन्त्रको अनुभव भएको छैन । भोलि सिंहदरबार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्ने खालको स्थिति छ । अब, मलाई त त्यो हुन्छ भने सर्वसाधरण जनताले मन्त्रीलाई भेट्न सक्छ ?,’ उनले भने ।

देशमा पार्टीगत लबिङ र सेटिङभन्दा माथि उठेर काम नभएकाले राजतन्त्रको माग भइरहेको मेयर साम्पाङले बताए ।

‘लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ । पार्टी होइन । जुन सुकै पार्टीबाट चुनिएर आए पनि हामी जनताको प्रतिनिधित्व गर्ने ठाउँमा पुगिसकेपछि त्यहाँ पार्टीगत लबिङ, पार्टीगत सेटिङभन्दा माथि उठेर काम गर्नुपर्छ । त्यो नभएर राजतन्त्रको माग भइरहेको छ ।’

उनले सरकारले जनप्रतिनिधि र जनताको कुरा नसुन्ने कारण पनि जनता रुष्ट भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved