भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) को महासचिवमा एमए बेबी निर्वाचित

नेपालभ्युज

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) को महासचिवमा एमए बेबी निर्वाचित

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी (सीपीआईएम) को महासचिवमा एमए बेबी निर्वाचित भएका छन् ।

केरला राज्यका पूर्वमन्त्रीसमेत रहेका बेबी पार्टीको २४औं महाधिवेशनबाट महासचिव निर्वाचित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तमिलनाडुको मदुरैमा आइतबार सीपीआईएमको महाधिवेशन आयोजना गरिएको थियो । पोलिटब्युरोका १६ सदस्यमध्ये ११ सदस्यले बेबीको नामलाई समर्थन गरे ।

बेबीबाहेक अखिल भारतीय किसान सभाका अध्यक्ष अशोक धवलेको नाम पनि महासचिव बन्ने दौडमा थिए ।

सीताराम येचुरीको मृत्युपछि महासचिवको पद रिक्त थियो । प्रकाश करातले अन्तरिम संयोजकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

७० वर्षीया एमए बेबी (मरियम अलेक्जेन्डर बेबी) ले सीपीआईएमको विद्यार्थी शाखा स्टुडेन्ट फेडरेशन अफ इन्डियाबाट सक्रिय राजनीति सुरु गरेका थिए ।

पछि बेबी पार्टीको युवा शाखा, डेमोक्रेटिक युथ फेडरेशन अफ इन्डियामा सामेल भए । उनी सन् १९८६ देखि १९९८ सम्म सीपीआईएमबाट राज्यसभा सांसद थिए ।

मिडिया रिपोर्टका अनुसार बेबी केरलाबाट सीपीआईएमको प्रमुख बन्ने दोस्रो नेता हुन् । उनीभन्दा अगाडि ईएम नंबुदिरिपादले पनि यो जिम्मेवारी सम्हालेका थिए ।

बेबी केरलाको कोल्लम जिल्लाको प्राकुलम क्षेत्रकी बासिन्दा हुन् ।

सीताराम येचुरी : वरिष्ठ वामपन्थी व्यक्तित्वको राजनीतिक यात्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved