बिमस्टेक सम्मेलन र थाइल्यान्डको औपचारिक भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

नेपालभ्युज

बिमस्टेक सम्मेलन र थाइल्यान्डको औपचारिक भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलन सकेर स्वदेश फिर्ता भएका छन् ।

चैत १९ गते थाइल्यान्ड प्रस्थान गरेको प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल शनिवार मध्यान्ह नेपाल आइपुगेको हो ।

बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका प्रधानमन्त्रीको एक दिने औपचारिक भ्रमणको कार्यतालिका समेत थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली थाई समकक्षी र त्यहाँका राजासँग समेत भेट गरेका थिए । साथै, प्रधानमन्त्री ओली र थाई समकक्षीको उपस्थितिमा दुईवटा सरकारी र ६ वटा गैरसरकारी गरी वटा समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो ।

यस्तै बिमस्टेकको साइडलाइनमा शुक्रवार प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच पनि भेटवार्ता  भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved