राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन : रास्वपा

नेपालभ्युज

राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन : रास्वपा
रास्वपाको केन्द्रीय कार्यालय, च:मती वनस्थली ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबारदेखि सुरु हुने जनयात्रा शुभारम्भलाई अघि बढाउने भएको छ ।

पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएसँगै सुरु गर्ने भनिएको जनयात्रा उनको पक्राउसँगै स्थगित हुने अनुमान गरिएको थियो । तर रविको पक्राउपछि बसेको पार्टी सचिवालयको भर्चुअल बैठकले अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ ।

राज्यले विवेक गुमाएको भन्दै आफूहरू शान्त र सौम्य भएर अभियान जारी राख्ने रास्वपाको निर्णय छ ।

शुक्रवार राति बसेको बैठकपछि जारी प्रेस नोटमा रास्वपाले भनेको छ – ‘आज चैत्र २३ गते शनिबार २ बजे भरतपुर, चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने। राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने ।’

रविले आफू पक्राउ पर्नुअघि दिएको भिडियो सन्देशमा शनिबार चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पनि पार्टी पंक्तिलाई आग्रह गरेका थिए । शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved