बेडरुमभित्र बसेर पुर्जी लेख्ने अनौठो अभ्यास क्षम्य हुन सक्दैन : रास्वपा

नेपालभ्युज

बेडरुमभित्र बसेर पुर्जी लेख्ने अनौठो अभ्यास क्षम्य हुन सक्दैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले उनको बेडरुमभित्र बसेर पुर्जी लेखेको भन्दै भर्त्सना गरेको छ ।

रवि पक्राउ परेपछि बसेको पार्टी सचिवालयको भर्चुअल बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर संवेदनशील र गैरकानुनी कुराको भर्त्सना गर्ने निर्णय गरेको हो ।

‘पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा — त्यो पनि बेडरुमभित्र बसेर — जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर-संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने,’ रास्वपा बैठकपछि जारी प्रेस नोटमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved