इजिप्टलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका नेसन्स कप

फाइनल खेल गोलरहित बराबरीमा सकिएपछि उपाधिका लागि पेनाल्टी सुटआउटको सहारा लिइएको थियो। जसमा सेनेगेल भाग्यमानी सावित भयो।

नेपालभ्युज

इजिप्टलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका नेसन्स कप

काठमाडौं । मोहम्मद सलाहको इजिप्टलाई हराउँदै सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। राति सम्पन्न फाइनल खेल गोलरहित बराबरीमा सकिएपछि उपाधिका लागि पेनाल्टी सुटआउटको सहारा लिइएको थियो। जसमा सेनेगेल भाग्यमानी सावित भयो।

टाइब्रेकरमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ र साडियो मानेले गोल गरे। तेस्रो पेनाल्टीमा बोउना सार चुकेका थिए।

इजिप्टका जिजो र मारवान हान्डीले गोल गर्न सफल हुँदा दोस्रो पेनाल्टीमा मोहम्मेद एब्डेलमोनेम र चौथो पेनाल्टीमा मोहनाद लासिन चुके।

ओम्नी स्पोर्ट्स पउल याओन्डेमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको सातौं मिनेटमै साडियो माने पेनाल्टीमा चुक्दा सेनेगलले अग्रता बनाउने मौका गुमाएको थियो।

९ जनवरीदेखि क्यामरुनमा शुरु भएको अफ्रिका कप अफ नेसन्समा २४ टोलीको सहभागिता थियो। सेनेगलले पहिलो पटक यो उपाधि हात पारेको हो। सेनेगल सन् २००२ र सन् २०१९ मा सेनेगल दुई पटक फाइनलमा पुगे पनि उपाधिबाट वञ्चित थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved