संविधान संशोधनदेखि सङ्घीयता कार्यान्वयनबारे लोकतान्त्रिक मोर्चाले अघि सार्‍यो २६ बुँदे प्रतिबद्धता

नेपालभ्युज

संविधान संशोधनदेखि सङ्घीयता कार्यान्वयनबारे लोकतान्त्रिक मोर्चाले अघि सार्‍यो २६ बुँदे प्रतिबद्धता

काठमाडौं । मधेस केन्द्रित सात राजनीतिक दलको सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा भएको छ । २६ बुँदे प्रतिबद्धतासहित मोर्चालाई सात राजनीतिक दलहरूले आधिकारिकता दिएका हुन् ।

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी छन् ।

मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, समावेशीता र जनताको सार्वभौमसत्ता थता नागरिक सर्वोच्चता, सुशासन, सामाजिक न्याय, लोककल्याणकारी राज्य, समावेशी लोकतन्त्रप्रति दृढ सङ्कल्प जनाएको छ । संविधान संशोधनमार्फत समतामुलक र न्यापूर्ण व्यवस्था स्थापनका लागि दबाब दिन सात राजनीतिक दलबीचको मोर्चा घोषणा भएको हो ।

उनीहरूले २६ बुँदे राजनीतिक प्रतिबद्धताहरू सार्वजनिक गरेका छन् । त्यसमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सामर्थ्य र पहिचानको आधारमा प्रदेशको सीमाङ्कनमा दबाब दिने उल्लेख छ । यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई प्रभावकारी र क्रियशी बनाउँदै सङ्घीयताको मान्यता अनुरूप स्रोत बाँडफाँटका विषय छन् । यस्तै, प्रहरी समायोजन ऐन, सङ्घीय निजामति ऐन निर्माण गरी कर्मचारी समायोजनमा दबाब दिने उनीहरूको उद्देश्य छ ।

संविधान संशोधनबारे मोर्चाको प्रतिवद्धतामा भनिएको छ, “नेपालको संविधान अपूर्ण, अधुरो, विभेदकारी र त्रुटीपूर्ण रहेकाले सबै समुदायले स्वामित्वको ग्रहण गर्न सक्ने गरी समय सापेक्ष रूपमा संशोधन एवंम परिमार्जन गर्न भरमग्दुर प्रयत्न गर्ने।”

मुलुकमा विद्यमान रहेका अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार जनता विकृति र विसङ्गतिलाई नियन्त्रण र जनतालाई सुशासनको प्रत्याभूति गराउन जनजागरण र दबाबमूलक कार्यक्रम अघि बढाउने मोर्चाको प्रतिबद्धता छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved