काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सुनुवाइ सकिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा बिहीबार सुनुवाइ सकिएको अदालत प्रशासनले जनाएको छ ।
आजै आदेश आउनसक्ने सम्भावना रहेको बताइएको छ ।
कुलमानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दीपक खड्का उर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।
कुनै गल्ती, त्रुटि नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढङ्गले पदमुक्त गरेको रिट निवेदनमा उनको जिकिर गरेका छन् ।
यता, हितेन्द्रदेवले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् ।
Facebook Comment
Comment