सुनीताले बालेनलाई भनिन् – कोठामा बसेर आदेश दिन पाइँदैन

नेपालभ्युज

सुनीताले बालेनलाई भनिन् – कोठामा बसेर आदेश दिन पाइँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले प्रमुख बालेन शाहलाई छलफलमा आएर समाधान खोज्न चुनौती दिएकी छन् ।

प्रमुख शाहलाई ‘बाइपास’ गर्दै महानगरको कार्यालयमा बसेको वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित विभागीय प्रमुखहरुको बैठकमा डङ्गोलले यस्तो बताएकी हुन् ।

कर्मचारी हाजिर गर्न आउँदा झडपको अवस्था हुनु राम्रो कुरा नभएको उनले बताइन् ।

डङ्गोलले भनिन्, “मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनुभएको छ । उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन। कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन।”

उनले यस्तो मनमुटाव संस्थाभित्र हुन नहुने भन्दै प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको बताइन् ।

अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको बताउँदै उनले थपिन्, “उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ। हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन्। क्यान्सरपीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ। अझै छानबिन गर्नुपर्ने भए गर्ने हो। तर, यो पीडामा राख्नुहुँदैन।”

महानगरबासिन्दाको हित चाहने हो भने सबै एकजुट हुनुपर्ने डङ्गोलको भनाइ छ । “यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ। होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,” उनले भनिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved