काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले बिहीबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी यस्तो माग गरेको हो ।
साथै राप्रपाले चैत्र १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्नसमेत माग गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
राप्रपाले सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाजसम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन गर्न पनि माग गरेको छ ।
मृतकहरू सबिन महर्जन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था गर्नसमेत माग राखेको छ ।

यस्तै राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवलसम्शेर राणालगायत अन्यमाथिको झुठा मुद्दा खारेजी र निर्दोषहरूको रिहाइ गर्न पनि माग गरिएको छ ।
यसैगरी घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नसमेत माग गरिएको छ ।
यही चैत १५ गते तीनकुने क्षेत्रमा राजसंस्था पक्षधरले गरेको आन्दोलन सिङ्सात्मक बनेको थियो । प्रहरीले ५८ राउन्ड गोली प्रहार गरेको थियो ।

Facebook Comment
Comment