अमेरिकाले कर लगाएपछि विश्वनेता चिन्तित, अष्ट्रेलियन प्रधानमन्त्रीले भने : यो साथीले गर्ने काम होइन

नेपालभ्युज

अमेरिकाले कर लगाएपछि विश्वनेता चिन्तित, अष्ट्रेलियन प्रधानमन्त्रीले भने : यो साथीले गर्ने काम होइन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार करको घोषणा गरेपछि धेरै देशका नेताहरूले आ–आफ्नो प्रतिक्रिया दिएका छन् । अधिकाङ्श नेताले विश्व अर्थतन्त्रलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले आफूले व्यापार युद्ध नचाहेको बताएका छन् । ‘हामी बढ्दो व्यापारमा बाधा पुर्याउन चाहँदैनौं । व्यापार युद्ध चाहँदैनौं । हामी अमेरिकासँग व्यापार र सहयोगको बाटोमा फर्कन चाहन्छौं, ताकि दुवै देशका जनताले सहज जीवन बिताउन सकुन् ।’

यसैबीच, दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सूले विश्वव्यापी व्यापार युद्धको वास्तविकता स्वीकार गर्दै सरकारले यस व्यापार सङ्कटको सामना गर्न आफ्नो सबै क्षमता प्रयोग गर्नुपर्ने बताए ।

कोलम्बियाली विदेशमन्त्री लौरा साराबियाले यस घटनालाई आफूहरूले शुक्ष्म ढङ्गले हेरिरहेको बताएकी छिन् । ‘ताकि देशका उद्योग र निर्यातकर्ताहरूलाई सुरक्षित राख्न सकियोस् ।’

ब्राजिल सरकारले अमेरिकाले लगाएको करका बारेमा एक विज्ञप्ति जारी गरेर विराेध जनाएकाे छ । द्विपक्षीय व्यापारमा पारस्परिकता सुनिश्चित गर्न सबै सम्भावित कदमहरूको मूल्याङ्कन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले दक्षिण कोरियामा २५ प्रतिशत र कोलम्बिया र ब्राजिलमा १० प्रतिशत भन्सार कर लगाएको छ ।

यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कर लगाउने काम अप्रत्याशित नभएपनि पूर्णरुपमा अनुचित भएको बताए ।

उनले भने, ‘ट्यारिफ घोषणा गर्नुको पछाडि कुनै तर्क छैन । तिनीहरू अष्ट्रेलिया र अमेरिका बीचको साझेदारीको विरुद्धमा छन् । यो कुनै साथी गर्ने काम होइन ।’

ट्रम्पले लगाए १०० भन्दा बढी देशमा भन्सार शुल्क


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved