अखिल समाजवादीद्वारा तीनकुने घटनाका दोषीलाई कारवाही गर्न माग

नेपालभ्युज

अखिल समाजवादीद्वारा तीनकुने घटनाका दोषीलाई कारवाही गर्न माग

काठमाडौं । विद्यार्थी संगठन अखिल (समाजवादी) ले चैत १५ गतेको तीनकुने घटनाका दोषीलाई छानबिन गरी कारवाही गर्नुपर्ने माग राखेको छ ।

समाजवादीका काठमाडौं जिल्ला इन्चार्ज ललिजंग सी र अध्यक्ष प्रेम सीद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न सबै अपराधीको तुरुन्तै पहिचान गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

समाजवादीले उक्त घटनामा परी कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा रेविका खत्री आफ्नो अपिसबाट कोठा फर्किने क्रममा दिउँसो ३ बजेतिर बालग्राम, कोटेश्वर नजिक गोली लागेर गम्भीर घाइते भएको घटना कथित पूर्वराजा र उनका अराजक समर्थकको मुर्खताको दुस्परिणाम भएको जनाएको छ ।

तीनकुनेको विध्वंसमा सहभागी सबैलाई नियन्त्रणमा लिएर सरकारले निष्पक्ष रुपमा छानबिन गर्नुपर्छ । निर्दोष छात्रामाथि गोली चलाउने र तीनकुने आसपास जति पनि हत्या र विध्वंसात्मक घटना गराइएका छन् ती घटनामा संलग्न सबै अपराधीको तुरुन्तै पहिचान गरी दोषीलाई हदैसम्मको कारबाही गर्न जोडदार माग गर्दछौं । अन्यथा विद्यार्थीको हकहित, जनधनको सुरक्षा र गणतन्त्रको रक्षार्थ अखिल (समाजवादी) कठोर प्रतिवादका लागि बाध्य हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved