तीनकुने घटना : राप्रपाले माग्यो न्यायिक छानबिन आयोग, गृहमन्त्रीलाई समितिमा बोलाउन माग

नेपालभ्युज

तीनकुने घटना : राप्रपाले माग्यो न्यायिक छानबिन आयोग, गृहमन्त्रीलाई समितिमा बोलाउन माग

काठमाडौं । राजावादीहरूको प्रदर्शनबारे जवाफका लागि गृहमन्त्री रमेश लेखकलाई संसदीय समितिमा बोलाउन माग गरिएको छ ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले घटनाको सत्यतथ्य जानकारीका लागि मन्त्री लेखकलाई समितिमा बोलाउनुपर्ने माग सांसदले गरेका हुन् ।

बुधबार बसेको समितिको बैठकमा काङ्ग्रेस सांसद हृदयराम थानीले उक्त घटनाको जवाफका लागि गृहमन्त्रीलाई बोलाउन माग गरे । “१५ गतेको घटना के कारणले भयो ? गृहमन्त्रीलाई बोलाएर सोध्ने व्यवस्था गर्नुपर्‍यो सभापतिज्यु । प्रधानमन्त्रीलाई नै बोलाएर सोध्नुपर्ने थियो, तर अहिले गृहमन्त्रीलाई यो समितिले नै बोलाउनु पर्छ,” उनको भनाइ छ ।

काङ्ग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाको विषयमा सत्यतथ्य पत्ता लगाउनुपर्ने बताए । काङ्ग्रेस  सांसद सरिता प्रसाईंले पनि उक्त घटनाबारे गृहमन्त्रीलाई बोलाएर सोध्नुपर्ने माग राखिन् ।

एमाले सांसद राजेन्द्र राईले पनि तीनकुने घटनाबारे गृहमन्त्रीको जवाफ बताए ।

राप्रपा सांसद बुद्धिमान तामाङले १५ गतेको घटनामा आफ्नो पार्टीलाई पनि जोडिएकोप्रति प्रकट गरे । उक्त घटनाको न्यायिक छानबिन आयोग गठन हुनुपर्ने उनको माग छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved