काठमाडौं । आईपीएल (IPL) २०२५ को १४औं खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी) र गुजरात टाइटन्स (जीटी) भिड्दैछन् ।
खेल बैङ्गलोरको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।
यस सिजनमा दुवै टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् । गत सिजन दुवै टोली दुई पटक आमनेसामने भएका थिए । जसमा बैङ्गलोरले दुवै खेल जितेको थियो ।
जारी सिजनमा दुई खेलमा दुई जितबाट ४ अङ्कसहित बैङ्गलोर तालिकाको शीर्ष स्थानमा छ । यसैबीच गुजरात दुई खेलमा एक जितबाट २ अङ्कसहित चौथो स्थानमा छ ।
हेड टू हेडमा बैङ्गलोर अगाडि
आईपीएलमा गुजरात र बैङ्गलोरबीच जम्मा ५ खेल भएका छन् । बैङ्गलोरले ३ जितेको छ भने गुजरातले २ जितेको छ । साथै दुवै टोली एम चिन्नास्वामी रङ्गशालामा तेस्रो पटक आमनेसामने हुन लागेका हुन् । यसअघि खेलिएका दुई खेलमा दुवैले १-१ जित निकालेका छन् ।
विराट कोहली आरसीबीका सर्वाधिक स्कोरर हुन् । आफ्नो अन्तिम खेलमा उनले चेन्नईविरुद्ध ३० बलमा ३१ रन बनाएका थिए । उनले पहिलो खेलमा कोलकाताविरुद्ध अविजित ५९ रन बनाएका थिए । कप्तान रजत पाटीदार दोस्रो नम्बरमा छन् । उनले अन्तिम खेलमा चेन्नईविरुद्ध ३२ बलमा ५१ रन बनाएका थिए । उनले यस सिजनमा दुई खेलमा ८५ रन बनाएका छन् । बलिङमा जोश हेजलवुड ५ विकेटसहित शीर्ष स्थानमा छन् ।
यता, गुजरातका सर्वाधिक स्कोरर साई सुदर्शनले यस सिजनमा खेलेका दुवै इनिङ्समा अर्धशतक प्रहार गरेका छन् । उनले मुम्बई विरुद्धको अन्तिम खेलमा ६३ रन बनाएका थिए । उनले पहिलो खेलमा पञ्जाब विरुद्ध ७४ रनको इनिङ खेलेका थिए । आर साई किशोरले २ खेलमा ४ विकेट लिएका छन् । उनी टोलीका लागि सर्वाधिक विकेट लिने बलर हुन् ।
पिच रिपोर्ट
बैङ्गलोरको एम चिन्नास्वामी स्टेडियमको पिच ब्याट्सम्यानका लागि उपयोगी साबित हुन्छ । आईपीएलमा यस मैदानमा २०० भन्दा बढीको स्कोर सजिलै बनाउन र पछ्याउन सकिन्छ । आगामी खेलहरूमा पनि ब्याटिङका लागि पिच सजिलो हुन सक्छ । टस जित्ने टोलीले पहिले बलिङ गर्ने निर्णय गर्न सक्छ । अहिलेसम्म यहाँ ९५ आईपीएल खेलहरू खेलिएका छन् । ४१ खेलमा पहिले ब्याटिङ गर्ने र ५० मा पछ्याउने टोलीहरू जितेको रेकर्ड छ । यहाँ पनि चार खेल अनिर्णीत रह्यो ।
सम्भावित प्लेइङ-१२
बैङ्गलोर : रजत पाटीदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पडिक्कल, लियाम लिभिङस्टोन, जितेश शर्मा (विकेटकीपर), टिम डेभिड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, जोश हेजलवुड, यश दयाल, सुयश शर्मा ।
गुजरात : शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर, शाहरुख खान, शेरफान रदरफोर्ड, राहुल तेवाटिया, राशिद खान, कागिसो रबाडा, साई किशोर, मोहम्मद सिराज, प्रसिद कृष्ण, इशान्त शर्मा ।
Facebook Comment
Comment