खेलकुदमन्त्रीलाई अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघको सम्मान

नेपालभ्युज

खेलकुदमन्त्रीलाई अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघको सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले विभिन्न व्यक्तित्वलाई सम्मान तथा महासंघको विभिन्न ओहदामा मनोनयन गरेको छ। महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पु¥याउने विभिन्न ब्यक्तित्वहरुलाई आइतबार सम्मान गरेको हो।

सम्मानित हुने ब्यक्तित्वहरुमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल टेनिस संघकी अध्यक्ष ज्याति राणा, पूर्व अध्यक्ष मनोज समशेर राणा, अन्तराष्ट्रिय सफ्ट टेनिस महासंघका बैज्ञानिक रिसर्चका अध्यक्ष प्राज्ञ डा. ऋषीकेशव विक्रम शाह, अन्तराष्ट्रिय सफ्ट टेनिस महासंघका एन्टीडोपिङ्ग तथा मेडिकल कमिसनका प्रमुख डा. अजय समशेर राणा, व्यवस्थापन कमिशनका प्रमुख एवं कोरियन सफ्ट टेनिस संघका उपाध्यक्ष लि ह्युन टेक रहेका छन्।

त्यस्तै महासंघले लाईफटाईम एचिभमेण्ट अवार्डबाट महासंघका महासचिव चोई सियोङ्ग कोनलाई सम्मान गरेको छ।

सम्मान कार्यक्रममा महासंघका अध्यक्ष श्री विनय विक्रम शाहले विभिन्न ब्यक्तित्वहरुलाई विभिन्न पदमा मनोनयन पनि गरेका छन्। नेपाल सफ्ट टेनिस संघका उपाध्यक्ष विकास पाण्डेलाई अन्तराष्ट्रिय महासंघको डेपुटी महासचिव र अम्पायर तथा नियम कमिटिको अध्यक्षमा र सफ्ट टेनिस संघका सदस्य आनन्द प्रसाद श्रेष्ठलाई सदस्यमा चयन गरेका छन्।

त्यस्तै पूर्व अन्तराष्ट्रिय खेलाडी तथा संघका पूर्व सदस्य एसएसपी अशोक सिंह र पूर्व अन्तराष्ट्रिय खेलाडी एवं संघकी सदस्य एवं प्रशिक्षक निरा कायस्थलाई महासंघको निर्देशकमा मनोनयन गरेको छ।

संघका पूर्व सदस्य एवं प्रशिक्षक किरण कुमार खड्कालाई महासंघको निर्देशक र युएसएका लागि महासंघको संयोजकमा, संघका कोषाध्यक्ष संजय नेपाललाई महासंघका निर्देशक तथा अष्ट्रेलिया र न्यूजिल्याण्डको संयोजकमा, नारायण प्रसाद जोशीलाई महासंघको निर्देशक एवं जापानको संयोजकमा तथा सहप्राध्यापक सिद्धार्थराज पाण्डेलाई निर्देशक तथा कोरियाको संयोजकमा मनोनयन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved