रविको सांसद पद निलम्बनविरुद्ध अदालत जाने तयारी

नेपालभ्युज

रविको सांसद पद निलम्बनविरुद्ध अदालत जाने तयारी
फाइल तस्वीर

काठमाडौं । सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन हटाउन सभामुखसँग माग गर्दा सुनुवाइ नभएपछि अब अदालत जानुपर्ने स्थिति आएको निष्कर्ष निकालेको छ ।

संसद् बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा सांसद सोविता गौतमले सभामुखसँग भेट गरेर आज निलम्बन फुकुवा गर्न आग्रह गरेको र सभामुखले आफूले फुकुवा गर्न नमिल्ने बताएपछि अब अदालत जानुपर्ने निष्कर्षमा पुगेको बताइन् ।

“संसद्‌को सर्वोच्च व्यक्ति भनेकै सभामुख हो । उहाँलाई हामीले निलम्बन फुकुवा गर्न आग्रह गर्‍यौँ । उहाँले मैले यो निर्णय गर्न मिल्दैन भन्नुभयो । अब अदालत जानेबेला आएको निष्कर्षमा पुगेका छौँ । निलम्बनविरूद्ध अवश्य अदालत जान्छौँ,” उनले भनिन् ।

सभापति लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै प्रतिशोधपुर्ण निलम्बन फुकुवाका लागि आग्रह गरेका थिए । जवाफमा सभामुख  घिमिरेले आफूले निलम्बन फुकुवा गर्न नमिल्ने जानकारी गराए ।

उनले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणको दृष्टिकोणले फलदायी भएको बताइन् । यो अधिवेशनमा १३ वटा विधेयक पारित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved