एनएसएल

चितवन बन्यो जारी सिजनमा जित हासिल गर्ने पहिलो टोली

नेपालभ्युज

चितवन बन्यो जारी सिजनमा जित हासिल गर्ने पहिलो टोली

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा चितवन एफसीले जित हासिल गरेको छ ।

त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा भएको खेलमा चितवन पोखरा थन्डर्सलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । चितवनको जितमा नोडिर माभलोनोभ र निरज चौधरीले समान एक–एक गोल गरे ।

चितवनका माभलोनोभले खेलको १५औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयमा नीरज चौधरीले गोल गरे । यस जितसँगै चितवनले ३ अङ्क जोड्यो ।

यससँगै चितवन जारी सिजनमा जित हासिल गर्ने पहिलो टाेली बनेकाे छ । यसअघि भएका दुई खेल बराबरीमा सकिएका थिए । आज (मङ्गलबार) बुटवल लुम्बिनी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

अङ्क तालिका :

बुटवल लुम्बिनी र झापाबीचको खेल गोलरहित बराबरीमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved