संसद् अधिवेशन मङ्गलवार रातिदेखि अन्त्य गर्ने सरकारको निर्णय

नेपालभ्युज

संसद् अधिवेशन मङ्गलवार रातिदेखि अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले चालु सङ्घीय संसद्को दुवै सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन चैत्र १९ गते मङ्गलवार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता तथा पृथ्वीसुब्बा गुरुङले अधिवेशन अन्त्यको निर्णय भएको बताएका हुन् ।

सोमबार सभामुख देवराज घिमिरेले मङ्गलवार दिउसो ११ बजेको प्रतिनिधिसभा बैठक बस्ने जानकारी दिएका थिए ।

गएको १८ माघमा संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो । सोमबार मात्र सरकारले ल्याएका ६ मध्ये पाँचवटा अध्यादेशको ‘प्रतिस्थापन विधेयक’ राष्ट्रियसभाबाट पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै सरकारले हिउँदे अधिवेशनको अन्त्य गरेको हो ।

संविधानको धारा ९३ अनुसार संसद् अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved