राष्ट्र निर्माणको खाका तयार गर्न रास्वपाले गठन गर्‍यो ‘मिसन ब्लु- प्रिन्ट कार्यदल’

नेपालभ्युज

राष्ट्र निर्माणको खाका तयार गर्न रास्वपाले गठन गर्‍यो ‘मिसन ब्लु- प्रिन्ट कार्यदल’

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) ले राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न ‘मिसन ब्लु- प्रिन्ट कार्यदल’ गठन गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सदस्य छन् । पार्टीले लिडरसिप एकेडेमी र उम्मेदवार क्लबलाई कार्यान्वयनमा लैजान सहमामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी दिएको छ ।

पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजनको जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved