बीमा दोकानको आयोजनामा इन्स्योरेन्स कप फुटसल प्रतियोगिता हुँदै

नेपालभ्युज

बीमा दोकानको आयोजनामा इन्स्योरेन्स कप फुटसल प्रतियोगिता हुँदै

काठमाडौं । बीमा दोकानको आयोजनामा दोस्रो संस्करणको ‘इन्स्योरेन्स कप फुटसल प्रतियोगिता’ आयोजना हुने भएको छ ।

“स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य” भन्ने मुल नाराका साथ बीमा दोकानको आयोजनामा प्रतियोगिता हुन लागेको हो । सो प्रतियोगिता नयाँ वर्ष २०८२ वैशाख ७ र ८ गते गरी आयोजना हुनेछ ।

काठमाण्डौं कालोपुलस्थित धन्वन्तरिमा आयोजना हुने सो प्रतियोगितामा इन्स्योरेन्स कम्पनीहरूले मात्रै भाग लिन सकिने आयोजकले जनाएको छ । सो प्रतियोगितामा प्रथम हुनेले ३५ हजार पुरस्कार र द्वितीय हुनेले १५ हजार पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल सहयोग रहेको उक्त प्रतियोगितामा पेमेन्ट पार्टनर माईपे र साकुरा फुड, फुड पार्टनरको रूपमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved