काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ ।
तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनापछि पक्राउ परेकाहरूलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको हो ।
त्यसअघि उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । म्याद थपको प्रक्रिया पुर्याएपछि जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
सांसद धवलशम्शेर राणाबाहेक सबैलाई हत्कडी लगाइएको थियो । रवीन्द्र मिश्रलाई पक्राउ परेका अर्का एकजनासँग साझेदारीमा हत्कडीले बाँधिएको थियो ।
पक्राउ परेका अन्यलाई पनि दुईजनाको दरले हत्कडी लगाइएको थियो । सबैको अनुहार मलिन देखिएको थियो । हत्कडी नलगाएका धवलशम्शेरले भने भित्र जाँदा हात हल्लाएका थिए ।
पक्राउ परेकामध्ये ४१ जनालाई म्याद थपका लागि अदालत लगिएको प्रहरीले जनाएको छ ।
हेर्नुहोस तस्वीरहरू :



Facebook Comment
Comment