एजेन्सी । चेल्सीका प्रशिक्षक थोमस टुचेलमा कोरोना भाइरस संक्रमण देखिएको छ। जसकारण अबुदाबीमा आयोजना हुने फिफा क्लब विश्वकपमा उनको सहभागिता अनिश्चित बनेको छ।
प्लाईमाउथविरुद्धको एफए कपअन्तर्गतको खेल २–१ ले जितेको चेल्सी यस खेललगत्तै अबुदाबीका लागि हिंड्यो। तर संक्रमित भएकाले टुचेल टिमसँग जान पाएनन्। ‘‘थोमस टुचेलमा कोरोना देखिएको छ,’’ चेल्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनी आवश्यक प्रोटोकल फलो गर्दै सेल्फ आइशोलेशनमा बसेका छन्।
उनको अनुपस्थितीमा सहायक प्रशिक्षक अर्नो मिचेल्सले टिमको प्रशिक्षण सम्हाल्नेछन्। चेल्सीले ९ फेब्रुअरीमा क्लब विश्वकपको सेमिफाइनल खेल्नेछ। १२ फेब्रुअरीमा क्लब विश्वकपको फाइनल खेल हुनेछ।
चेल्सीले फाइनलमा स्थान बनाउन सके यस अवधिसम्म टुचेल निको भएर प्रशिक्षणमा फर्कने आशा गर्न सकिन्छ।
Facebook Comment
Comment