एफए कपमा चेल्सी र सिटी विजयी

नेपालभ्युज

एफए कपमा चेल्सी र सिटी विजयी

एजेन्सी।  एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा चेल्सी र म्यानचेस्टर सिटीले जित हासिल गरेका छन्। चेल्सीले लिग वान क्लब प्लाईमाउथलाई २–१ ले हराएको हो।

म्याकाउले गिल्लेस्फेले ८ औं मिनेटमै गोल गर्दा प्लाईमाउथले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफको ४१ औं मिनेटमा सिसर एजपिलिक्युटाले चेल्सीबाट बराबरी गोल फर्काए। दोस्रो हाफमा चेल्सीले गोलका लागि दर्जनौं प्रयास गरेपनि प्लाईमाउथको डिफेन्स चिर्न सकेन।

अतिरिक्त समयको पहिलो हाफको अन्त्यमा मार्कस अलन्सोले चेल्सीलाई अग्रता दिलाए। त्यसयता, दोस्रो हाफमा प्लाईमाउथले खेलमा फर्कने राम्रो मौका पाएको थियो। तर, प्राप्त पेनाल्टीलाई रायन हार्डाईले गोलमा परिणत गर्न सकेनन्।

अर्को खेलमा लिग लिडर म्यानचेस्टर सिटीले फुलह्यालाई २–१ ले हरायो। कार्भाल्होले चौथो मिनेटमै गोल गरेर फुलह्यामलाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेट नबित्दै रियाद महरेजको पासमा इल्के गुन्डोगानले गोल गरेर खेल बराबरी गरे। १३ औ मिनेटमा डि ब्रुयानाको पासमा जोन स्टोन्सले अर्को गोल गरे।

दोस्रो हाफमा कुनै गोल हुन नसक्दा सिटी विजयी भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved