कलंकी ग्याङफाइट: पक्राउ पर्नेको सङ्ख्या १६ पुग्यो, ५ दिन म्याद थप

नेपालभ्युज

कलंकी ग्याङफाइट: पक्राउ पर्नेको सङ्ख्या १६ पुग्यो, ५ दिन म्याद थप

काठमाडौं । सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडकखण्डमा भएको ग्याङफाइटमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि पक्राउ पर्नेको सङ्ख्या १६ पुगेको छ ।

उनीहरुलाई प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट  पक्राउ गरेको हो।

उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।

होलीको दिनको घटनालाई लिएर दुई समूहबीच विवाद भएपछि रोहित खड्का, विनय लामा, पर्वित श्रेष्ठले रड, खुकुरी र मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved