पुलिस प्रधानमन्त्री कपको फाइनलमा

नेपालभ्युज

पुलिस प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले फाइनलमा स्थान पक्का गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा कर्णालीलाई ४४ रनले पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो ।

लगातार आठौं खेलमा जित हासिल गर्दै १६ अङ्कसहित पुलिस फाइनलमा पुग्ने पहिलो टोलीसमेत बनेको छ ।

अब शनिबार हुने फाइनलअघि केवल ३ खेल बाँकी छन् । एपीएफले आफ्नो अन्तिम खेलमा कोशीसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार पुलिसले आफ्नो लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । बिहीबार नै बागमती र मधेसबीच पनि प्रतिस्पर्धा हुनेछ ।

आर्मी १४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । ८ खेलमा १२ अङ्क जोडेको एपीएफ भने तेस्रो स्थानमा छ । अङ्क तालिकाको शीर्ष २ स्थानमा रहने टोली फाइनलमा पुग्नेछ । आर्मी र एपीएफमध्ये एक टोली फाइनलमा पुग्ने देखिन्छ ।

तालिका –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved