काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा पुलिसले कर्णालीलाई ४४ रनले पराजित गरेको हो ।
१४८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कर्णाली २४ ओभरमा १०३ रनमा अलआउट भयो ।
कर्णालीका लागि रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाए ।
पुलिसका लागि भने ललित राजवंशीले ६ विकेट लिए । उनले ९ ओभरमा ४१ रन खर्चे । कर्णालीविरुद्धको खेलमा दिवान पुनलाई आउट गर्दै उनले आफ्नो १०० विकेट पूरा गरेका छन् । उनले आफ्नो ४०औं खेलमा १०० विकेट पूरा गरेका हुन् ।
पहिले ब्याटिङ गरेको पुलिस ४८ ओभरमा १४७ रनमा अलआउट भएको थियो ।
यस्तै, एक्स्ट्रा टेक ओभलमा खेलमा मधेसले सुदूरपश्चिमलाई ४४ रनले पराजित गरेको हो । मधेसको यो तेस्रो जित हो ।
१०३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि हेमन्त धामीले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
मधेसका लागि भने विशाल पटेलले ६ विकेट लिए । उनले ६ ओभरमा १६ रन खर्चेर २ मेडन ओभर पनि फाले ।
पहिले ब्याटिङ गरेको मधेस ४२.३ ओभरमा १०२ रनमा अलआउट भएको थियो ।
Facebook Comment
Comment