कुलमान हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन, ऊर्जामन्त्रीको पुत्ला दहन (तस्वीरहरू)

कुलमान हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन, ऊर्जामन्त्रीको पुत्ला दहन (तस्वीरहरू)

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूको नेतृत्वमा मङ्गलबार बिहान भृकुटीमण्डपमा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले घिसिङको पक्षमा नारा लगाउँदै ऊर्जामन्त्री दीपक खड्काको पुत्लासमेत दहन गरेका छन् ।

प्रहरीले रोक्न खोज्दा सामान्य झडपसमेत भएको छ ।

सरकारले सोमबार प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी तोकेको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।

तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved