आईपीएल

लखनऊमाथि दिल्लीको एक विकेटको रोमाञ्चक जित

नेपालभ्युज

लखनऊमाथि दिल्लीको एक विकेटको रोमाञ्चक जित

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जाइन्ट्समाथि कठिन जित हासिल गरेको छ ।

विशाखापट्टनममा सोमबार राति भएको खेलमा दिल्लीले एक विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।

लखनऊले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले तीन बल बाँकी छँदा नौ विकेटको क्षतिमा २११ रन बनाएर पूरा गर्यो ।

दिल्लीको जितमा आशुतोष शर्माले विष्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले ।  खेलको उत्कृष्ट खेलाडी घोषित उनले ३१ बलमा सर्वाधिक ६६ रन बनाए ।

यस्तै बिपराज निगमले ३९, ट्रिस्तान स्टुब्सले ३४, फ्रान्सियस डू प्लेसिसले २९, कप्तान अक्षर पटेलले २२ तथा कुलदीप यादवले अविजित पाँच रन बनाएपछि दिल्लीको जित सम्भव बनेको हो ।

लखनऊका लागि चार खेलाडीले समान दुई–दुई विकेट लिए । जसमा दिगवेश राठी सबैभन्दा किफायती रहे ।

यसअघि टस हारे पहिलो ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २०९ रन बनाएको थियो ।

लखनऊका दुई खेलाडी अर्धशतक बनाए पनि सो टोलीको जिका लागि पर्याप्त भएन । निकोलस पुरनले ७५ तथा मिचेल मार्शले ७२ रन जोडे ।

दिल्लीका मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए ।

यस जिसँगै दिल्लीले महत्वपूर्ण दुई अङ्क जोडेको छ ।

‘एल क्लासिको’मा चेन्नाईको बाजी, मुम्बईलाई चार विकेटले हरायो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved