बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टा बन्द

नेपालभ्युज

बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टा बन्द

काठमाडौं । विमानस्थल नजिकैको विद्युतीय सबस्टेशनमा आगलागी भएपछि लन्डनको हिथ्रो विमानस्थल शुक्रबार दिनभरि बन्द रहने भएको छ ।

विमानस्थलले जारी गरेको विज्ञप्तिमा आगलागीका कारण विमानस्थलमा “ठूलो मात्रामा विद्युत् आपूर्ति अवरुद्ध” भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न, हिथ्रो २१ मार्चको राति २३:५९ बजेसम्म बन्द रहनेछ । यात्रुहरूलाई विमानस्थल नजान र थप जानकारीको लागि आफ्नो एअरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिइन्छ । असुविधाको लागि हामी क्षमा चाहन्छौं ।”

हिथ्रो बेलायतको सबैभन्दा ठूलो विमानस्थल हो, जहाँ हरेक दिन लगभग १,३०० विमान अवतरण र उडान भर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved